धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सुरु

  •   २ वर्ष अघि | २६ मंसिर २०७८, आइतवार,    

काभ्रे । धुलिखेलमा आजबाट मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आकाश भैरब क्लबको आयोजनामा आजबाट धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ)ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन पछिको पहिलो खेल काठमाडौ युनिभर्सिटी धुलिखेल र एफसी रिले भक्तपुर बीच भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताए।
उनका अनुसार उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राग्त गर्ने खेलाडीहरुलाई नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ ।
प्रतियोगितामा ए डिभिजन, सि डिभिजन क्लवका समेत गरी काठमाडौ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लवहरु २० टिम सहभागि भएका छन् ।

थप