विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ :काभ्रे प्रहरीको सक्रियता तिव्र

  •   ११ महिना अघि | २२ फाल्गुन २०७८, आइतवार,    

काभ्रे : विभिन्न मुद्दामा फरार रहेका काभ्रेका ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ । सार्वजनिक मुद्दामा फरार रहेका पनौती नगरपालिका वडा नं ३ का सन्तराम भनिने सन्त राज तामाङ र सुवास तामाङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले ५ वर्षपछि पक्राउ गरेको हो ।

सार्वजनिक मुद्दामा दुवैलाई जिल्ला अदालत काभ्रेले २०७३ असार ६ गते सजायको फैसला गरेको थियो । अदालतको फैसालपछि फरार रहेका दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनीहरुलाई प्रहरीेले आज पनौती नगरपालिा वडा नं ३ बाट पक्राउ गरेको हो ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नं ४ की बुधमाई भनिने पोडिनी सार्कीलाई ४ वर्षपछि पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । विविध मुद्दामा फरार रहेकी उनलाई प्रहरीले फागुण २० गते पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । उनका अनुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई २०७४ माघ २५ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेकी उनलाई प्रहरीले धुलिखेल नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको हो ।

विभिन्न मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरिएको प्रहरीले जनाएको छ ।

थप