बनेपा नगरपालिकामा अबको पाँच बर्ष मेरै नेतृत्व हुन्छ ढुक्क हुनुस्  -मेयर लक्ष्मी नरहसिंह बादे

  •   २ वर्ष अघि | ६ मंसिर २०७८, सोमवार,    

काभ्रे । बनेपा नगरपालिका मेयर लक्ष्मी नरहसिंह बादे श्रेष्ठ को सक्रियता बढेको छ। नगरभित्र विकास योजनाको कार्य के कति भयो कति गर्ने बाकिँ छ पूरा नभएका योजनालाई पूरा गर्ने नगरपालिकाको भुमिका केकस्ता छन्।
 भनी अनुगमन निरीक्षणमा मेयर बादे आफै सबै जसो क्षेत्रमा उपस्थित भइरहनु भएको छ।
वडा नं ३ का जनतासँग प्रत्यक्ष भेटघाट गर्दै लक्ष्मी नरहसिंह बादेले भन्नुभयो तपाईहरुका क्षेत्रमा कस्ता खालका विकास गर्ने बाकिँ छन् वडा अध्यक्ष सहित नगरपालिका आउनुस् तपाईका उचित योजना हामी सम्बोधन गर्ने छौ भन्नुभयो ।
उहाँले भन्नुभयो जति सकिन्छ गर्दै जाउँ फेरि अर्को पाचँ बर्ष मेरै नेतृत्वको बनेपा नगर हुनेछ । बाकिँ रहेका विकास  योजना सबै पूरा गर्ने तपाईं हरुसँग बाचा गर्छु भन्नुभयो ।
बनेपा वडा नं ३ काे  सुमारा, टंनचाेक, काशिभञ्जाङ, तिनघरे ,गुरुङ गाउँ ,काभ्रे  भिमसेन मन्दिर को अवलोकन गर्नुभयो ।
 विकास निर्माण  र प्रत्यक्ष जनता सँग  भेट्घाट् गर्नुहुदै।अति आवश्यक विकास कार्य  बनेपा नगरपालिका ले गर्ने उद्देश्यका  साथ हामी तपाईहरु सामु उपस्थित भएका हौ
भन्नुभयो । निरीक्षणमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह  बादे श्रेष्ठ ,उप-प्रमुख रेखा सापकाेटा दाहाल ,वडा अध्यक्ष  कृष्णप्रसाद  दाहाल जनप्रतिनिधि र पुर्व नगरकमिटी सचिव  सागर नाथ कपाली सहित टोलिले टोलटोलमा योजनाहरुको निरीक्षण गर्नुभएको थियो ।

थप