निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

युवा उद्यमी मञ्च र प्रहरीको साझेदारी मा बनेपा सरसफाइ अभियान सुरु

  •   ७ वर्ष अघि | ३ फाल्गुन २०७६, शनिबार,    

काभ्रे ,काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको बनेपा नगरपालिकाको चारबाटो देखि तिनदोबाटोसम्मको अरनिको राजमार्ग काभ्रे युवा उद्यमी मञ्चको आयोजनामा ईलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यलयको समन्वयमा आज (शनिबार) सम्पन्न भएको छ । अरनिको राजमार्गमा बढ्दै गएको धुलोको व्यवस्थापनस्वरुप सो कार्यक्रम गरिएको थियो । सरसफाई कार्यक्रममा प्रहरीको प्रत्यक्ष सहभागिता रहेको थियो भने केहि युवा र केहि व्यवसायी समेतले यसमा सहयोग गरेको देखिन्थ्यो ।

काभ्रे उद्योग वाणिज्य संघको महासचिव कैलास पलाञ्चोकेले यस्ता खालका गतिविधिहरु संचालनमा रहनगरको फोहोर व्यवस्थापनको पाटोलाई सजिलै समाधान गर्न सकिने कुरालाई जोड दिनुभयो । ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले आफु बसेको नगर आफै सफा गरेर नगरमा रहेको समस्यालाई समाधान गर्नमा केहि हदसम्म भए पनि सहयोग हुने भएकाले यस्ता खालका गतिविधिहरुलाई प्रहरीले निरन्तर सहयोग गर्दै जाने बताउनु भयो । जुन क्रियाकलापले नगरलाई समृद्ध बनाउछ त्यस्ता क्रियाकलाप गर्न पछाडि नहट्ने कुरामा तिमल्सिनाले प्रकास पार्नुभयो ।बनेपाका युवा सुमन जैरुले युवाले गरे देशको मुहार फेर्नसक्छ भन्ने लागेर म पनि यस सरसफाई अभियानलाई साथ दिईरहेको बताए ।

(साभार)

थप