काभ्रे , जिल्ला बनेपा नगरपालिकाकाे वडा नम्बर ४ र ३ हुँदै नाला -काशिभन्याङ-तिनघरे -कुन्ता बेशि सडककाे कालोपत्रे भएको छ ।
पहिलो चरणमा नाला सेरा कालोपत्रे भएको बाटो दोस्रो चरणमा सेरा- घट्टा सम्म हुने बताइएको छ।
उत्त सडकका लागि पुर्व सन्चार मन्त्री गाेकुल बास्काेटाले शहरी बिकास मन्त्रालय बाट २ कराेड ९४ लाख ९६ हजार रकम बिनियाेजन गर्नु भयकाे थियो ।
कालोपत्रे को अनुगमन गर्दै बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, उप प्रमुख रेखा सापकोटा दाहाल,वडा नं ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल
लगायत का सरोकारवाला हरुको उपस्थिति थियो ।
सडककाे कालाेपत्रे गर्ने कार्य बिराज,क्षितिज र दिब्यश्वरि कन्ट्रक्सनले पाएकाे थियाे ।
यसरी नै पुर्व मन्त्रीले पहल गर्दै जाने हो र बजेट पर्दै जाने हो भने चाडै नै कुन्ता सम्म कालोपत्रे हुने स्थानीयहरु बताउँछन् ।