युवा पत्रकार केशवराज पौडेल सम्मानित

  •   ३ वर्ष अघि | २२ फाल्गुन २०७७, शनिबार,    

काभ्रेको पुरानो विद्यालयमध्येको एक उमा–सहशिक्षालय माविको ६९ औं बार्षिकोत्सवको अवसरमा काभ्रेका कृयाशिल युवा पत्रकार केशवराज पौडेल तथा पत्रकार ज्ञानमणी नेपाल कालोटोपीलाई सम्मान गरेको छ । 

 मण्डनदेउपुर क्षेत्रमा लुकेर रहेका सूचना, जानकारी, तथा विविध घटनाहरु पत्रकारिता मार्फत उजागर गरेको भन्दै पौडेललाई सम्मान गरेको हो । पत्रकार द्वय पौडेल र नेपाललाई नगद पाँच हजार ५५५ सहित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभाका सांसद  लक्ष्मण लम्सालले सम्मान गर्नु भएको हो । 

सो अवसरमा बोल्दै सांसद लम्सालले विद्यालयले भौतिक विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सालिकराम श्रेष्ठले विद्यालयको भौतिक प्रगतीको बारेमा बोलेका थिए ।

 कार्यक्रममा मण्डनदेउपुरका मेयरका प्रमुख सल्लाहकार गोकुल गौतम, वडाअध्यक्ष विष्णुमणी नेपाल, शिक्षासेवी कश्यपप्रसाद पौडेलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सेवा निवृत्त हुनु भएका तीन जना शिक्षकहरुलाई दीर्घसेवा सम्मान गरिएको थियो ।  प्रअ सालिकराम श्रेष्ठले आफ्नो बुबा धनबहादुर श्रेष्ठको स्मृतीमा ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

थप