काभ्रे, पनौती नगरपालिका को त्रिवेणी घाटमा माघ १ गतेबाट सुरुहुने पनौती १२ बर्षे मकरमेलाको मध्यनजर राख्दै पनौती नगरपालिका ले तिव्र तयारी गरेको छ।
यही मंकरमेला लाई मध्यनजर गर्दै , माघ महिनाभर टिपर संञ्चालनमा रोक लगाउने निर्णय आज बसेको सिडियो सहितको जिल्लाको टिमले गरेको छ ।
नगरपालीकाले आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराईएको हो । नगरले ८ करोड बराबरको बजेट व्यवस्थापन गरी पनौती नगरको ऐतिहासिक धरोहर क्षेत्रलाई चिरिच्याट्ट पार्ने कार्य धुमधामका साथ अगाडी बढेको छ ।
पत्रकार सम्मेलनमा पनौती नगर प्रमुख भिम न्यौपानेले १२ बर्षमा आएको मंकर मेलाको महत्त्व धेरै रहेको स्थानीय सरकार भएपछि जस धेरै लिनु पर्ने हुन्छ ।
हामीले हाम्रो साधन स्रोत र योग्यता क्षमता अनुसारको व्यवस्थापन र प्रचारप्रसार गर्ने बताउनुभयो ।
सबै संञ्चारक्रमि हरुलाई उहाँले आग्रह गर्दै भन्नुभयो पनौती नगरपालिकाले सकेको राम्रो गरेको छ । यसलाई विश्व सामु चिनाउन आग्रह गर्नुभयो ।
पनौती नगरपालीकाले पत्रकार सम्मेलनको आयोजना गरी मकरमेलालाई व्यवस्थित गर्नको लागि नगरको तर्फबाट हाल सम्म गरेको कार्य र गर्न बाँकी कार्यको बारेमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा नगरका बरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्र प्रसाद अधिकारीले हाल सम्मको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले पार्कीङ्ग व्यवस्थापन, खानेपानी व्यवस्थापन, साँस्कृतिक एवं सरसफाई व्यवस्थापन, वजार व्यवस्थापन, आवास व्यवस्थापन, सामुदायिक बन सरसफाई, बनेपाबाट आएको फोहोर पानी व्यवस्थापन, नुहाउनको लागि धाराहरुको व्यवस्थापन लगाएतका व्यवस्थापनहरु करिव अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो । मेलालाई थप व्यवस्थित गर्नको लागि यातायात व्यवस्थापन गर्नको लागि एक महिना टिपरलाई पनौती क्षेत्रमा रोक लगाउने जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगरको ऐतिहासिक धरोहरको क्षेत्रमा भएका निर्माण कार्य एक हप्ताभित्रै सम्पन्न गरी सरसफाई गर्नेकार्य सक्नुपर्ने बताउनु भयो । मेलालाई सहज बनाउनको लागि ट्राफिक व्यवस्थापन,सुरक्षाको व्यवस्था मजबुत साथै वजारको अनुगमन गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभएको छ । पनौतीको मात्रैै नभएर काभ्रेकै गौरबको रुपमा रहेको उक्त मेला सम्पन्न पार्नको लागि स्थानिय जनप्रतिनिधि साथै नगरवासीहरुको ठुलो भुमिका रहने बनाउनु भयो । मेलालाई सहज ढंगबाट सम्पन्न गराउने कार्यमा आफुले सक्दो साथ र सहयोग गर्ने बताउनु भयो ।
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख भएको पाईन्छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।
पूर्णमती शब्दबाट नै पनौती भएको भनिन्छ । यो शहरको इतिहास धेरै पुरानो छ । इसा पूर्व १०८२ देखि नै पनौती गाउँको बिकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । बि.सं. ११५३ मा राजा आनन्ददेव मल्लले सातवटा शहर बसाउँदा यो शहरको पनि स्थापना गरि राज्य चलाएका थिए । यहाँ रहेको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले बि.सं. १३५१ तिर स्थापना गरेको किम्बदन्तिबाट प्रस्टिन्छ ।
किंवदन्ती अनुसार गौतम ऋषीका पत्नी अहिल्यासंग पनि यो स्थानको कथा गासिएको छ । इन्द्र देवता श्राप मूक्त भएको पनि यहि स्थानको कथा गासिएको छ । श्रापमुक्त हुन बाककसले टेक्दै हिड्ने क्रममा यहिको ढुङ्गा टेक्दा श्रापमुक्त भएका थिए । त्यसैले पकक ल्वहः बाट नै पनौती भएको भन्ने पनि गरिन्छ ।