बनेपा तिनधारामा रहेको  तलेजु भवानी  मन्दिरको पुन:निर्माण हुदै

  •   २ वर्ष अघि | ४ मंसिर २०७८, शनिबार,    

काभ्रे । बनेपा स्वराहितिस्थित बनेपा तिनधारामा रहेको तलेजु भवानीको मल्ल कालिन  मन्दिर भेटिएको धेरै भइसकेको छ। 
बनेपाली मल्लहरु - बहि (बै) दार ,कोख र राजवंशी खलकको कुल देवि (आगं द्यो)तलेजु भवानीको मन्दिरमा उत्खनन गर्ने क्रममा देखिएका सिंहहरु प्रचलित नेपाल लिपिमा कुदिएका अक्षरहरु भेटिएको छन्। 

यी अक्षरहरु पढेर  इतिहास पत्ता लगाउने कोशिश भएको छ।
यस मन्दिरमा पुर्णकलश भेटिएको छ। अरु ठाउँहरुमा पनि मन्दिर बनाएर मल्लराजाले आफ्नी कुलदेवी तलेजुभवानी स्थापित गराएको इतिहास छ।
मल्ल राजाहरुले आफ्नो कुलदेवीको पुजा नगरी केही पनि नगर्ने चलन थियो।
 तलेजुको मल्लराजाले दुईवटा मन्दिर बनाएका थिए एउटा तलेजुको प्रतिमा स्थापना गरेर बनाइएको मन्दिर र अर्को श्रीयन्त्र राखी बनाइएको मन्दिर थिए।
बनेपामा पनि दुईवटा मन्दिर रहेको जानकार हरु बताउँछन्।
तिनधारामा रहेको दक्षिणकालीको मन्दिरपछाडी रहेको थियो ।
सोही ठाउँमा उत्खनन गरि हेर्दा दुइवटा सिंहलाई भेटिएका र तलेजुको सिंह वाहन हो भन्ने इतिहास छ।
यो मन्दिरको पुन: निर्माण गरि इतिहासलाई जोगाउने र मल्ल कालिन भवानी को तलेजु भवानी को मन्दिर बनाउन पुरातत्त्व विभाग सँग सहकार्य गर्दै भवानी को मन्दिर पुन: निर्माण गर्ने काभ्रे  उद्योग बाणिज्य संघका महासचिव रविन्द्र वैदारले बताउनुभयो । उहाँले भन्नुभयो हामी पनि मल्लका सन्तान भएकोले हामीले हाम्रो इतिहास जोगाएर राख्ने र भावि सन्ततिको लागि इतिहास जिउदो राख्ने बताउनुभयो ।

थप