महामानव पिताले चण्डेश्वरी माता सँग गराए प्रत्यक्ष कुराकानी -बनेपामा हुनेभयो महायज्ञ

  •   २ वर्ष अघि | २२ कार्तिक २०७८, सोमवार,    

काभ्रे । शिव पुराण ज्ञान महायज्ञ बनेपा पाटी भेन्युमा हुने भएको छ।
ज्योति शिव सेवा केन्द्रले आयोजना गर्ने भएको शिव पुराण महायज्ञ कार्तिक २७ बाट सुरु भई मंसिर ४ सम्म हुने कार्यक्रमका संयोजक चन्द्र लाल नकर्मि ले बताउनुभयो ।
शिव पुराण महायज्ञको समितिले एक पत्रकार सम्मेलन गरि महायज्ञ गर्नेको लागि जनगाल स्थित अनिता धौगोडा र महामानव पिता सहित चण्डेश्वरी दर्शन गर्ने जानुभएको र महायज्ञ गर्नेको लागि पिताले अनिताको देहमा चण्डेश्वरी माता प्रकट गराइ चण्डेश्वरी संयम बोल्नुभएको  र महायज्ञ बनेपामा नै गर्ने आग्रह गरेको समितिले जनाएको छ।

कार्यक्रम मा संस्थाका अध्यक्ष कुमार पोखरेल सदस्यहरु
सञ्जिव कुमार, प्रेम प्रसाद पाठक, शंखर चिमौरिया , भिम बैध, डा . श्रिधर जोशि ,बलभद्र खनाल , पत्रकार हरुको उपस्थित मा महायज्ञको घोषणा भएको हो ।
महायज्ञको उद्देश्य धर्मको संरक्षण गर्नु रहेको जनाएको छ।
प्रेत आत्मा संग प्रत्यक्ष कुराकानी गराउन सक्ने शक्ति पनि  रहेको बताइएको छ, कार्यक्रममा भनिएको छ, चण्डेश्वरी माताको आज्ञाले बनेपामा महायज्ञ गर्ने लागिएको र चण्डेश्वरी माता संग प्रत्यक्ष कुराकानी भएको आयोजकले जनाएका छन्।

थप