दशौ काभ्रे जिल्ला अधिवेशनमा सम्भावित जिल्ला कमिटी यस्तो:अध्यक्षमा अशोक कुमार व्यन्जु निश्चित 

  •   २ वर्ष अघि | २१ पुस २०७८, बुधबार,    

काभ्रे । दशौं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा काभ्रे जिल्ला यतिबेला उकुसमुकुस भएको छ। 
गोकुल बास्कोटाको निर्देशन चल्ने काभ्रेमा जिल्ला अध्यक्ष को बन्ने भन्ने लगभग कनफम भएको स्रोतको दावि छ।
यद्यपि अध्यक्ष को दावि भने पाचँ जना नेताहरूले गरेका थिए । अध्यक्ष दावि गर्नेमा अशोक व्यन्जु, चन्द्र लामा, कञ्चन अधिकारी, भिम न्यौपाने ,नारायण पाण्डे रहेका थिए।
जिल्ला अधिवेशन आउन दुई दिन बाकिँ हुदा कुरोले अर्को मुड लिएको र अध्यक्ष अशोककुमार व्यन्जु नै अध्यक्ष हुने पक्का पक्कि भएको एमाले निकट स्रोतको दावि छ।
उपाध्यक्षमा दावि गर्ने कोहि नदेखिएकाले अध्यक्षका प्रत्यासीहरुलाइ उपाध्यक्ष मा लैजान गोकुल बास्कोटालाई सजिलो पर्ने देखिन्छ ।
सचिवमा भने हरिशरण दाहाल,इन्द्र तामाङ लगायतको दावि देखिन्छ ।
उपसचिवमा जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिनाको दरो दावी रहेको स्रोतको दावि छ।
महिलाबाट उपसचिव रिता ढकाल (धरिना) हुने निश्चित जस्तै छ।
बनेपा नगर कमिटी बाट अध्यक्ष को दावि गरि पछि उम्मेदवारी फिर्ता लिने रामशरण दाहालको पनि पदाधिकारी मै दावि छ।
सदस्य हरुमा रविन्द्र वैदार , महिला सदस्य रेखा सापकोटा दाहाल ,दलित सदस्य तेज नेपाली ,कृष्णप्रसाद दाहाल बनेपा बाट सम्भावना बलियो भएको मानिन्छ । तर गोकुल बास्कोटाले सहमति गराउदा को कहाँ पुग्ने ठेगान छैन।
पदाधिकारीमा हाइटेक प्रविधिको प्रयोग नहुने र पुर्व मन्त्री गोकुल बास्कोटाले पदाधिकारी टुंगो लगाउने निश्चित छ।
सदस्यमा भने भोटिङ हुने सम्भावना धेरै रहेको एमाले नेता कार्यकर्ताको दावि छ।

थप