काठमाडौँ । एमालेका वरिष्ठ नेता मानिने माधव कुमार नेपालले नयाँ पार्टी खोले पछि उहाँलाई बधाईको साटो गाली गर्नेहरुको संख्या धेरै रहेको छ ।
गालि गर्ने पनि अरु नभएर एमाले भित्रकै उनका नेता कार्यकर्ता बढि मात्रामा रहेको गालि गरेका शब्दले स्पष्ट हुन्छ।
माधव नेपालले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को फोटो सहित स्टाटस हालेपछि उहाँ विरुद्ध आम कार्यकर्ता र नागरिकले भरपुर गालीगलौज गरेका छन् ।
नेता नेपाललाई सबै भन्दा ठुलो पार्टीको रुपमा रहेको नेकपा (एमाले)लाई टुक्राएर माओवादी र काँग्रेसको स्वार्थमा आफ्नो स्वार्थ मिसाएर इतिहासिक पाटी एमाले को पन्ध्र बर्ष महासचिव जस्तो गरिमा भएको पदमा बसेर पाटी विधि र पद्धतिको कुरा गर्ने माधव नेपालले आज आएर क्लब गठन गरेर स्वार्थ को पछि लागेको आरोप छ।
नेता नेपालले फेसबुकमा ” एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं जस्ता शब्द लेखेपछि आम नागरिक उहाँ विरुद्ध भएका हुन ।
आम नागरिकले आफ्नै पार्टीका सरकार ढालेर काँग्रेसको सरकार बनाउन सहयोग गरेको प्रति कडा आपति जनाएका छन् । उनीहरुले माधव नेपाल अन्यपार्टीको कार्यकता भएको आरोप लगाउदै अबको केहि महिनामै नयाँ दर्ता गरेको पार्टी सहित अन्य पार्टीमा समाहित हुने सम्म आरोप लगाएका छन् । उहाँ पार्टी सिद्धान्त भन्दा पद लोभी भएकै कारण एमालेमा रहन नसकेको पनि कार्यकर्ताले बताएका छन।