काभ्रे, बनेपा नगरपालिका वडा नं ३ नेकपा समर्थक युवाहरु पाटि फुट हुन नदिन पाटिलाई एक ढिक्का बनाउनको निमित वडा स्तरीय तटस्थ नेकपा युवा समूह नाम राखि बनभोज कार्यक्रम सम्पन्न गरेका छन्। 
बनभोज कार्यक्रम मा करिब २०० युवाको उपस्थिति थियो। कार्यक्रम वडाको विकास र समृद्धि र युवाहरूलाई राजनीतिक चेतना सम्पन्न गराउने र समग्र वडाको विकासमा युवाहरूको प्रत्यक्ष भुमिका को माग र दवाव सहित कार्यक्रम अगाडि बढेको थियोे ।
बनभोज कार्यक्रम वडा नं ३ को वासुकि मा गरिएको थियो बनभोज कार्यक्रम मा बोल्दै तटस्थ समुहका सदस्य शिवराम सिग्देलले भन्नुभयो हामी राजनितीक दल र नेताका वडिगाड भयौ अब हामी हाम्रो विकासका लागि हामी युवाहरु नै अगाडि बढ्नुपर्छ । र समग्र वडाको विकासमा युवाहरूको हात हुनुपर्ने पनि उहाँको भनाई थियो।
उक्त कार्यक्रम मा वोल्दै तटस्थ युवा समुहका सदस्य जयराम दाहालले भन्नुभयो युवाहरूको पावरले नै परिवर्तन सम्भव छ। अब बाटो बनाउने मात्र विकास सम्झने होईन मानसिक र सामाजिक हिसाबको पनि विकासको आवश्यकता छ।
सोही कार्यक्रम मा बोल्दै कार्यक्रमका सदस्य राजु बजगाईले भन्नुभयो अब युवाहरूको पालो हो वडामा अब युवाहरुले हस्तक्षेप गर्नु पर्छ। हामी यहि युवाहरुबाट उमेदवार उठाउछौ र जिताउछौ यसमा कसले रोक्छ। कार्यक्रम रोक्न धैरै दवाव आएको र दवाव ले नडराउने पनि उहाले स्पष्ट पार्नुभयो।
उक्त कार्यक्रम मा बोल्दै कार्यक्रम आयोजक समुहका सदस्य लक्ष्मण दाहालले भन्नुभयो । हाम्रा नेताहरुले समृद्धि भन्नुहुन्थ्यो । समृद्धि भन्या के भनेर धेरै लाई थाहा नहोला समृद्धि भन्या खुसि हो कुन नेताले कुन जनतालाई खुसि बनाउन सक्या छ। भन्दै दल भन्दा नि नेता खराब भनेर स्पष्ट पार्नुभयो।
कार्यक्रम मा वडा न ३ का वडा सदस्य बुद्धिमान तामाङले भन्नुभयो पाटि फुटिसकेको छैन नेताका आफ्ना स्वर्थको कारण नेता विभाजन भएका हुन । सोही भएर मेरो यो कार्यक्रम लाई समर्थन छ। वडाले गर्नुपर्ने काम गरिरहेको छ । हामिले गरेका छौ।