प्रचण्ड अझै एमाले कब्जा गर्ने दाउमा

  •   ३ वर्ष अघि | २१ साउन २०७८, बिहिबार,    

काठमाडौं, । सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । 

त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् ।  
संगठन र सामथ्र्यका हिसाबले एमाले बलियो शक्ति हो । माओवादी त्यस दृष्टिले निकै कमजोर छ । तर, एमालेका नेताहरुभन्दा प्रचण्ड रणनीतिक चार्तुयतामा अगाडि छन् । उनी यही रणनीतिक चार्तुयताले एमाले कब्जा गर्न चाहन्छन् ।

एमालेमा अझै पनि प्रचण्डको प्रभाव छ । उनीसँग सहकार्यमा रहेका माधवकुमार नेपाल एमालेभित्र दोस्रो ठूलो शक्ति हुन् । नेपाल केपी शर्मा ओलीलाई एमाले अध्यक्षबाट हटाउन योजनावद्ध तरिकाले लागेका छन् । उनको योजनामा प्रचण्डको भित्री साथ छ । बरु समय लगाएर भएपनि केन्द्रीय कमिटीमा पकड बढाउँदै लगेर ओलीलाई हटाउने नेपालको योजना छ । त्यसमा प्रचण्डले मद्दत गरिरहेका छन् ।
एमाले अध्यक्षबाट ओलीलाई हटाएर माधव नेपालसँग मिलेर प्रचण्डले शक्तिशाली पार्टी बनाएर जाने योजना समेत बनाएको बुझिएको छ । उनले एमालेका कतिपय प्रभावशाली नेताहरुसँग सम्पर्क कायमै राखेका छन् ।विगतमा पनि प्रचण्डले एमाले कब्जा गर्ने उद्देश्यले एकता गरेको चर्चा चलेको थियो । 
तर, त्यसमा विफल भए एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरले प्रचण्डमाथि एमाले कब्जा गर्न खोजेको आरोप लगाएका थिए । प्रचण्डले त्यो प्रयास गरेको समयले खुलाउँदै लगेको थियो ।

थप