सवारी दुर्घटना न्युुुुनिकरणको लागि काभ्रे ट्राफिकको सक्रियता बढ्दो

  •   ३ वर्ष अघि | १९ चैत्र २०७७, बिहिबार,    

काभ्रे, सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अभियान स्वरुप विभिन्न कार्यहरु गर्दै आएको छ । लागू पदार्थ सेवन गरी सवारी चलाउनु नै सवारी दुर्घटनाको प्रमुख कारण भएकाले कार्यालयले आजदेखि लागू पदार्थ सेवन चेकजाँच कार्यलाई तिब्रता दिएको छ ।

पछिल्लो समय मादक पदार्थका साथै लागू पदार्थ समेत सेवन गरी सवारी चलाएको पाइएकोले कार्यालयले आजदेखि चेकजाँच कडा गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङले बताए । उनका अनुसार विशेष गरेर रातीको समयमा लागू पदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा अभियान स्वरुप यस कार्यलाई अगाडी बढाइएको छ ।

चेकजाँचको क्रममा कार्यालयले लागू पदार्थ सेवन नगरी सवारी चलाउने सवारी चालकलाई खादा ओढाई सम्मान गरी ट्राफिक नियमको पालना गर्न प्रोत्सहान गरेको छ । ट्राफिक नियम उल्लंघन गरी मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउँदा हुने कानुनी कार्वाही बारेमा सवारी चालकलाई सचेत गराउन पनि यस कार्यक्रमको सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

थप