निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जिल्ला युवा समिति काभ्रेको १६० घण्टा नि:शुल्क सीपमुलक तालिमको उद्घाटन

  •   २ वर्ष अघि | ११ जेष्ठ २०८१, शुक्रबार,     मणिराम दाहाल

काभ्रे ।बनेपामा निःशुल्क १६० घण्टे सीपमुलक तालिम सुरु भएको छ । जिल्ला युवा समिति काभ्रेको आयोजना तथा प्रदेश युवा परिषद वागमतिको आर्थिक सहयोगमा तालिम सुरु गरिएको हो । आज एक कार्यक्रमकाबीच तालिमको औपचारिक उद्घाटन गरिएको छ ।

ब्रिलियन्ट मेनपावर टे«निङ सेन्टर प्रा.लि.का कार्यकारी निर्देशक कलानिधि ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, पत्रकार महासंघ बागमती प्रदेश सदस्य पेमा लामा, जिल्ला युवा समिति प्रतिनिधि अञ्जली तामाङ, सुपरनोभा तालिम केन्द्रका संस्थापक एवं ग्लोवल नेपालिज सेफ फेडेरेशनका केन्द्रिय महासचिव मोहन गजुरेल लगायतको उपस्थिती रहेको थियो ।

तालिममा २३ जना सहभागी छन् । उनीहरुलाई वेटर र हाउसकिपिङ तालिम दिइनेछ । काभ्रे एकेडेमी आफ टुरिजम एण्ड होटल म्यानेजमेन्टको कार्यालय बनेपा–५ मा तालिम सञ्चालन हुनेछ भने ब्रिलियन्ट मेनपावर टे«निङ सेन्टर प्रा.लि.ले तालिम प्रदान गर्नेछ ।


कार्यक्रममा कार्यकारी निर्देशक ज्ञावलीले रोजगारीको प्रमुख आधार नै सीप भएको भन्दै आफुहरुले सीपमुलक तालिममा जोड दिएको बताए ।


जिल्ला युवा समितिले यसअघि व्युटिसियन, फेसन डिजाइन, मोवाइल मर्मत लगायतका तालिम सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष अधिकारीले देख्दा सामान्य लाग्ने विषयले रोजगारी सिर्जनाका साथै आर्थिक समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताए । सीप भएका युवाहरु बेरोजगार बस्नुपर्ने अवस्था नरहेको भन्दै उनले सीप सिकेर आफु योग्य बन्नुपर्नेमा उनले जोड दिएका छन ।

भिडियो रिपोर्ट 

https://www.facebook.com/share/v/fsF57pqSwfTWxQqy/?mibextid=oFDknk

थप