प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | १९ असोज २०७८, मङ्लबार,    

काभ्रे ।  ६६ ‍औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका वडा नं. ०७ स्थित सरस्वती बजारमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
 उक्त कार्यक्रममा  संघिय प्रहरी ईकाई कार्यालय काभ्रे, संघिय प्रहरी गुल्म काभ्रे,जिल्लामा रहेका कार्यालय तथा मातहत प्रहरी ईकाईबाट-४४ जना, सशस्त्र प्रहरी बल नेपालबाट-२ जना, रा.अ.बि. धुलिखेलबाट-१ जना, पत्राकार-२ जना, सर्वसाधारण-११ जना गरी ६० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न  भएको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट रक्तदान कार्यमा सहभागी भएकी धुलिखेल नगरपालिका वडा नं. ०८ बस्ने स्थानिय सपना बडाललाई  Blood Pouch उपलब्ध गराई रक्तादान कार्यको शुभारम्भ गरिएको थियो । 

 नेपाल रेडक्रस  सोसाइटी  अफ बनेपा शाखाले रक्तदान कार्यक्रममा रगत संकलन गरी सहयोग गरेको थियो, सभा व्यबस्थापन जिल्ला प्रहरी कार्यालय र धुलिखेल पार्टी प्यालेसले गरेको थियो भने स्वेच्छाले स्वत स्फुर्त रुपमा रक्तदान कार्यमा सहभागीता जनाउनु हुने सहभागीहरुलाई Nutrients को व्यबस्थापन Lions Club of Dhulikhel, Kavre ले गरेको थियो ।

 उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, श्री नं. १५ गण हे.क्वा पाँचखालका सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान बिभाग धुलिखेलका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, धुलिखेल नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रोमी प्रसाद ब्यान्जु श्रेष्ठ, रेडक्रश सोसाईटीका प्रतिनिधीहरु, Lions Club of Dhulikhel, Kavre का प्रतिनिधीहरु, पत्राकार लगाएत स्थानिय सर्वसाधारणहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भयो ।

थप