समाजसेवी दुर्गानाथ दाहाललाई वर्ड बुक अफ रेकर्डस अवार्ड प्रदान

  •   ३ वर्ष अघि | १० असोज २०७८, आइतवार,    

काठमाडौ । वर्ड बुक अफ रेकर्डस लन्डनले २०२१ को इन्टरनेेस्नल अवार्ड  समाजसेवी नवजीवन परोपकार समाजका दुर्गानाथ दाहाललाई अवार्ड सहित सम्मान गरेको छ।
वर्ड बुक अफ रेकर्डमा कोरोना महामारीमा आफुलाइ जोखिम मा राखि विभिन्न ठाउँमा खान नपाएका व्यक्तिहरूलाई आफैंले खाना खुवाउने , सडकमा रहेका कुकुर, सडक मानव , दुखि गरिब, असाय, साहारा विहिन हरुको साहारा बनेर नवजीवन परोपकार संस्था का अध्यक्ष दुर्गानाथ दाहाललाई यो अवार्ड प्रदान गरिएको हो।
कोरोना महामारीमा जोखिम मोलेर समाजसेवा गरेवापत यो अवार्ड प्रदान गरिएको हो।
दुर्गानाथ दाहाल काभ्रे जिल्लामा जन्मनुभएको एक समाजसेवी हुनुहुन्छ । उहाले लकडाउनमा अक्सिजन अभाव हुदा वडा वडामा अक्सिजन पुर्याउने, सडक भरि खोजेर खाना खुवाउने , बृद्धअबश्था भएका सडक मा बस्नुहुनेलाई उद्धार गर्ने ।काम गर्दै अाउनुभएको छ।
कार्यक्रममा नेपालबाट कोरोना बेला मानविय कार्य गर्ने विश्वका  १०० व्यक्तिलाई यो अवार्ड वितरण गरिएको हो।
शिक्षासेवि उत्तम सन्जेल लगायतका व्यक्तिले पनि यो अवार्ड पाउनुभएको छ।
"World Book of Records London honoring him for his matchless contribution to the nation through social work by Mr. Diwakar Sukul, President of World books of London- Member of Parliament UK." नवजीवन परोपकार समाज भनेर दुर्गानाथ दाहाललाई सम्मान सहित अवार्ड वितरण गरिएको हो। कार्यक्रम भारतको इन्दोर मा भएको थियो ।

थप