लायन्स क्लवले महिलाहरुको लागी सीप बिकास तालिम सञ्चालन गर्यो

  •   ३ वर्ष अघि | १७ भदौ २०७८, बिहिबार,    

काठमाडौ । शुभकामना फेसन एण्ड क्राफ्ट आर्शिर्वाद एक्सपोर्ट इन्टरनेसनल को आयोजनामा र लायन्स क्लव अफ काठमाण्डौ ब्राईट स्टार को सहयोगमा ५० जना महिलाहरुको लागि १६ गते बुधवार तारकेश्वर २ बसन्त कोलोनीमा सीप बिकास तालीम संचालन गरेको थियो ।

लायन्स क्लव अफ काठमाण्डौ ब्राईट स्टार को  को अध्यक्ष गोमा कुमारी लामाको अध्यक्षतामा संचालन भएको तालीम कार्यक्रमा प्रमुख अतिथि डिस्ट्रिक ३२५ बि १ का प्रथम उपाध्यक्ष महेन्द्र पौडेल,विशेष अतिथि चिफ एडभाईजर सुर्य के.सी.,अतिथिहरु जस्मिन श्रेष्ठ,शोभा कुमारी वान लगायतको उपस्थिति रहेको थियो ।

लायन  का गर्भनरले लिएको (सस्टेनेवल डेभलपमेन्ट)दिगो विकासको लक्ष्य प्राप्ति अनुसार नै परिपुर्ति गर्न आयोजना गरियको र १५ दिन सम्म संचालन हुने तालीम तालिम वाट हयाण्डि क्राफ्ट सम्वन्धि सीप युक्क्त जनशक्ति तयार भई स्वरोजगार हुने  कार्यक्रम संचालक एवं जोन १०० का संयोजक सानुमाया लामाले जानकारी दिनु भयो । 

तालीम निःशुल्क हुने छ , भने तालीममा बि.एन.एन.फ्लाट ह्याण्डिफ्ट र ग्लोसरीज ह्याण्डिफ्ट संयुक्त रुपमा सहयोग गरेका थिए । तालीम पछि प्रशिक्षर्थीहरुले तयार गरेका सामाग्रीहरु देश तथा बिदेका बिभिनन मुलुकहरुमा बिक्रि बितरण गरि आयआर्जन गर्न सकिने व्यवसायी सानु माया लामाले बताउनु भयो ।

थप