असार १५ धान दिवस : दहि चिउरा खाने दिन

  •   ३ वर्ष अघि | १४ असार २०७८, सोमवार,    

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

 आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी सरकारले औपचारिक रूपमा धान दिवस मनाउन लागेको हो । 

धानबालीको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा, आत्मनिर्भता र राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा सहकार्यका लागि सम्पूर्ण सरोकारवालालाई सरकारले आह्वान गरेको छ ।

थप