निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमालेका युवा नेता रविन्द्र वैदारले २० घरधुरी लाई गरे : राहत वितरण

  •   ५ वर्ष अघि | १९ जेष्ठ २०७८, बुधबार,    

काभ्रे , निषेधाज्ञा  तथा सिलका कारण समस्यामा परेका बनेपा नगरपालिका वडा नं १३ मा रामदुवाल को समन्वयमा वडाका  १२ घरधुरी र  वडा नं १४ का वडा अध्यक्ष गौरी राउतको समन्वयमा  ८ घरधुरी गरि  जम्मा २० घरधुरी लाई एमाले का युवा नेता उद्योग बाणिज्य संघ काभ्रेका महासचिव , समाजसेवी, रविन्द्र बैदारले राहत वितरण गर्नुभएको हो।
 उक्त राहत वितरणमा समन्वय गर्नुहुने बिज्ञान धौगोडा, राजु मधिकर्मि ,प्रकाश बुढाथोकी ,रबिन बिष्ट ,लगाएतका साथीहरूले समन्वय र राहत कार्यक्रम संयोजन गर्नुभएको बताउनुभएको छ।


बैदारले भन्नुभयो "कोही रोगलेभन्दा भोक मर्नु नपरोस्’" भन्ने उद्देश्यका साथ व्यक्तिगत रुपमा  बनेपा नगरपालिका का वडाहरुमा राहत प्याकेज लिएर थोरै भएपनि मलमपट्टि लगाउने प्रयास गरिएको उहाँले बताउनु।

उहाँले प्रति व्यक्ति तथा परिवारलाई  चामल,  दाल,  तेल, लगायतका खाद्यसामग्री वितरण गर्नुभएको जानकारी दिनुभयो ।

निशेधाज्ञा अवधिभर काम गर्न नसक्ने र विपन्न  परिवार आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उहाँले बताउनुभयो ।
“विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने श्रमिक तथा मजदुर पहिलो प्राथमिकतामा रहेका छन्”, उहाँले भन्नुभयो-,”अहिले छुटकाहरुलाई केही दिनभित्र  वितरण गर्ने समेट्ने गरी विवरण संकलन गर्दैछु ।”उहाँले भन्नुभयो 

थप