निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेलि पत्रकार नवराज बजगाईलाई "युवा पत्रकारिता "सम्मान गरिदै

  •   ६ वर्ष अघि | १७ मंसिर २०७७, बुधबार,    

काभ्रे– काभ्रेबाट प्रकाशित हुने नवक्षितिज साप्ताहिक एंवम राम्रो सन्देश अनलाइनका प्रकाशक  प्रधानसम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गत ‘यूवा पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ ।
हुनत यो सम्मान नवराज बजगाईको लागि पहिलो भने होईन १०० भन्दा बढि विभिन्न विधामा सम्मान हात पारिसकेका छन्।
नेपाल पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गर्न लागेको आयोजकले स्पष्ट पारेको छ ।
नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को संस्करणकै बीच यहि पुष ११ गते यो सम्मान प्रदान गरिने कार्यक्रमका अध्यक्ष माधव राज खरेलले जानकारी दिनुभयो ।
 उहाँका अनुसार अवार्ड कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
कोरोनाको कहरका कारणले रोकिएको अवार्डको संस्करण यहि पुष ११ गते राजधानीमा सम्पन्न हुने भएको हो । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई पौष ११ मा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ ।
नेपाली भाषाका अलवा नेपालमा वोलिने विभिन्न भाषा भाषिलाई समावेश गरेर आयोजना हुदै आएको नेशनल पावर न्युज म्युजिक अवार्डको यो तेस्रो संस्करण हो । कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने छ ।
निर्णाकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कमला जोशीले वताउनुभयो । ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोट गर्न पाउने आयोजकले वताएको छ ।

थप