निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

आज काग तिहार

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार,     एक्टिभ मिडिया

काठमाडौं । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।

सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार परेको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

यमराजको दूतका रूपमा पुजिने कागलाई मन पर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता रहेको छ ।  

थप