निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

फूलचोकीदेखि पनाैतीसम्म साहसिक साइकल ट्रेल सञ्चालन

  •   ५ वर्ष अघि | १२ चैत्र २०७८, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण गरिएको छ ।

ट्रेलको शनिबार पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले उद्घाटन गर्नुभयो ।

 पनौती नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा साइकल ट्रेल निर्माण गरेको हो ।

२२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । 

उक्त साइकल मार्गको दुरी ७ किलोमिटर रहेको छ ।साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । मनोरञ्जनका दृष्टिले यो मार्ग एकदमै उपयुक्त रहेको उनीहरूको भनाइ छ ।

थप