काभ्रे । जिल्ला मण्डनदेउपुरमा विक्रम संवत् २०२७/०५/१३ गते आमा वालकुमारी बाँस्कोटा र बुवा हरिप्रसाद बाँस्कोटाको सन्तानको रुपमा जन्म लिनुभएका बास्कोटाको बाल्यकाल गाउँमै वित्यो ,काभ्रेको माटोमा जन्म लिएर गोकुल बास्कोटाले काभ्रेको विकासमा धेरै पहल कदमिहरु गरेका छन्। पुर्वाधार विकास ,पर्यटन ,शिक्षा ,रोजगार ,कृषि ,उद्योग क्षेत्रमा बास्कोटाको भुमिका चर्चा गर्ने योग्य छ। अहिले देश निर्वाचनमा होमिएको बेला काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि गोकुल बास्कोटाको नाममा एकल सिफारिस गएको हो।
यस्तो छ गोकुल बास्कोटाको राजनीतिक यात्रा
.पोलिटब्युरो सदस्य - २०७८
.एमाले केन्द्रीय सदस्य - २०७५
एमाले जिल्ला अध्यक्ष - २०६६
एमाले सचिव - २०६४
एमाले काभ्रे उपसचिव - २०५९
एमाले जि.क.सचिवालय सदस्य - २०५४
एमाले जि.क.सदस्य (काभ्रे) - २०५१
काभ्रे काठमाण्डौँ सम्पर्क मञ्च सचिव - २०४९
पार्टी इलाका सचिव - २०४७
अनेरास्ववियु प्रा.क.अध्यक्ष, जिल्ला अध्यक्ष - २०३८
ओलि र बास्कोटाको अहिलेको सम्बन्ध
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका केन्द्रीय नेता गोकुल बास्कोटाबीच पछिल्लो समय राजनीतिक दूरी बढेको चर्चा एमाले वृत्तमा चर्किँदै गएको छ। लामो समयसम्म ओलीका सबैभन्दा आक्रामक र विश्वासिला समर्थकका रूपमा चिनिएका बास्कोटा पछिल्ला गतिविधिमा भने पहिले जस्तो ओलिलाई बचाउ गर्ने अग्रपंक्तिमा देखिएका छैनन्।
पार्टीभित्रको पछिल्लो शक्ति सन्तुलन हेर्दा अध्यक्ष ओलीले जेन्जी आन्दोलन पछि आफू सुरक्षित हुन गुन्डु आएर बसेका हुन। गुन्डुमा ओलिले अड्डा जमाइराख्दा नेकपा एमालेका भक्तपुर स्थायी घर भएका महेश बस्नेतले सबै चाजोपाजो मिलाएका जानकार हरु बताउछन् ।
पछिल्लो समय ओलिको गुनगान र भजन गाउने नेता र पाउ मोल्ने कार्यकर्ताहरुलाई प्राथमिकता दिन थालेको देखिन्छ। यसक्रममा पहिले ओलीको बचाउमा अग्रमोर्चामा उभिने बास्कोटाको भूमिका क्रमशः सीमित हुँदै गएको बुझाइ एमालेभित्र व्यापक छ।
एक समय ओली नेतृत्वको सरकार र पार्टी निर्णयको पक्षमा खुलेर मिडियामा उत्रिने बास्कोटा पछिल्लो समय सार्वजनिक बहसमा कम देखिन थालेका छन्। ओलीको बचाउमा पहिले जस्तो आक्रामक रूपमा नबोल्नु, यथार्थ परक राजनीति गर्नाले ११ महाधिवेशन बाट सचिव पदमा गोकुल बास्कोटाले हार व्यहोर्नुपरेको राजनीतिक विश्लेषक हरु बताउँछन् । केन्द्रीय गतिविधि र निर्णय प्रक्रियामा पनि उनको उपस्थिति सीमित देखिनुका कारण एमालेभित्र “ओली–बास्कोटा सम्बन्ध बिग्रियो कि?” भन्ने प्रश्न उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओली अहिले पुन अध्यक्षमा निर्वाचित भएपछि पछिल्लो समय चुनावमुखी बनाउनेमा केन्द्रीत छन्।
यद्यपि, ओली र बास्कोटाबीच सम्बन्ध पूर्ण रूपमा टुटेको वा व्यक्तिगत टकराव भएको पुष्टि गर्ने कुनै औपचारिक अभिव्यक्ति आएको छैन। दुवै नेताले सार्वजनिक रूपमा एकअर्काविरुद्ध टिप्पणी गरेका छैनन्। तर पार्टी गतिविधि, नेतृत्वको प्राथमिकता र सार्वजनिक भूमिकामा आएको परिवर्तनले भने पहिलेको जस्तो घनिष्ठ सम्बन्ध कमजोर भएको संकेत देखिएको छ।
अझ रोचक पक्ष के छ भने बास्कोटाले पनि पछिल्लो समय ओलीप्रति अतिरञ्जित समर्थन वा आक्रामक अभिव्यक्ति दिन छाडेका छन्। एमालेभित्रका कतिपय नेताहरूले यस मौनतालाई ‘राजनीतिक सन्देश’का रूपमा लिएका छन्।
समग्रमा हेर्दा, ओली–बास्कोटा सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको भन्दा पनि शक्ति सन्तुलन र आगामी निर्वाचन रणनीतिका कारण आएको दूरीका रूपमा बुझ्नुपर्ने विश्लेषकहरूको निष्कर्ष छ। आगामी , सरकार गठनको समीकरण र चुनावी तयारीले यी दुई नेताबीचको सम्बन्ध कता मोडिन्छ भन्ने विषय एमाले राजनीति हेर्नेहरूको चासोको केन्द्र बनेको छ।
तर फागुन २१ मा हुने भनिएको निर्वाचनका लागि काभ्रे बाट प्रतिनिधि सभा २ का लागि गोकुल बास्कोटाको नाम क्षेत्रिय कमिटीले सिफारिस गरेकोमा ओलि पक्षिय केही नेताहरूले असन्तुष्ट प्रस्तुत गरेका छन्।
गोकुल बास्कोटालाई प्रतिनिधि सभा २ मा उम्मेदवार नबनाउने हो। भने नेकपा एमालेले जित हासिल गर्ने नसक्ने एमाले काभ्रेका पुराना नेता तथा कार्यकर्ता को बिश्लेशन छ।
तर अहिले नेपालको राजनीतिमा क्षमता र जनताको मनोभावना भन्दा पनि चाकडी ,चाप्लोसी, लाई प्राथमिकतामा नेताले राख्न थालेको आम कार्यकर्ताको आरोप छ।