बनेपामा एमालेको उपमेयरको योग्यता स्नातकोत्तर तहसम्मको अध्ययन, सामाजिक संस्थामा २० बर्षको अनुभव

  •   २ वर्ष अघि | २५ बैशाख २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

बनेपा।आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बनेपा नगरपालिकाको उपप्रमुखको उम्मेदबार बन्नुभएको बिमला सापकोटाको राजनीतिक पृष्ठभुमी विरासतपूर्ण छ । २०५२ सालमा तत्कालिन रयाले गाउँकमिटीको अध्यक्ष हुनुभएको उहाँ निरन्तर त्यसबेलादेखि पार्टीको काममा कृयाशिल हुनुहुन्छ । २०५४ सालसम्म नेकपा एमाले रयाले गाउँ कमिटीको सदस्य भएर काम गर्नुभएको थियो । उहाँको एमालेका नेता हरिशरण दाहालसँग २०५४ सालमा जनवादी विवाह भएको थियो । 

रयालेबाट बनेपा आएपछि उहाँले देविटार गाउँ कमिटीमा रहेर पाँच बर्ष काम गर्नुभयो । २०६५ सालदेखि अनेमसघ काभ्रेको जिल्ला कमिटी सदस्य, सहसचिव, सचिव, सहसंयोजक हुँदै अहिले अध्यक्ष हुनुभएको छ । २० बर्ष सामाजिक संस्थामा काम गरेको उहाँले एलएलबी, समाजशास्त्रमा स्नातकोत्तर र बिएडको अध्ययन गर्नुभएको छ । 

संगठन निर्माणको अनुभव, वकालत गरेको क्षमता र पार्टी जीवनमा पु¥याएको योगदानले उहाँले उपमेयरको टिकट पाउनुमात्रै भएको छैन जितको उन्मुख हिडिरहनु भएको छ ।

थप