निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बागमती प्रदेश प्रमुख प्रकाशजंग कार्किबाट प्रहरी कार्यलय काभ्रेको "निरीक्षण भ्रमण कार्यक्रम" सम्पन्न 

  •   ५ वर्ष अघि | ८ असोज २०७८, शुक्रबार,    

काभ्रे । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीज्यूबाट जिल्ला प्रहरी कार्यलय मातहतका  ईलाका प्रहरी कार्यालय बनेपाको स्थलगत निरीक्षण सम्पन्न भयो।
 काभ्रेपलाञ्चोकको विभिन्न कार्यलयको स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गरियो ।
 
 निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई COVID-19 को यस बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गरेकोमा धन्यवाद दिनुभएको थियो।
 प्रहरी ऐन, नियमावलीमा व्यवस्था भए बमोजिम सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो काम कर्तव्यको विषयमा पुर्ण रुपमा जानकारी राखि सामुहिक भावानामा जोड दिई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिनु भएको थियो  । निरीक्षण भ्रमणकै अवसरमा प्रहरी कर्मचारीको "उत्प्रेरणा अभिवृद्धि कार्यक्रम" अन्तर्गत TEAM BUILDING ACTIVITIES को रुपमा  कार्यालयबाट संचालन गरिदै आएको RUN FOR FUN कार्यक्रममा समेत प्रकाशजंग कार्की  सहभागी हुनु भएको थियो ।

थप