मन्त्री खतिवडाद्वारा मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन

  •   ११ महिना अघि | ४ चैत्र २०७८, शुक्रबार,     मणिराम दाहाल

काभ्रे  । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा नवनिर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन स्वास्थ मन्त्री विरोध खतिवडाले  गर्नुभएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नव निर्मित अस्पतालको आज उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन समारोहमा बागमती प्रदेशका मन्त्री निमा लामा, बागमती प्रदेश सभा सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाइबा,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , जिल्ला प्रहरी प्रमुख चक्रराज जोशि , स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

अस्पताल निर्माणका लागि काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन भएको थियो । उक्त अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना तय भएको हो ।

थप