समाजसेवी गंगा घिमिरेको टोलिले मृगौला रोगीलाई नगद सहयोग गरे

  •   २ महिना अघि | १० फाल्गुन २०८०, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।बनेपा नगरपालिका वडा न २ मा एक जना मृगौला रोगीलाई नगद सहयोग भएको छ ।

बनेपा वडा नं २ की ३८ बर्षिय शोभा विकलाई ९२ हजार ४ सय ३५ रुपैया गंगा प्रसाद घिमिरेको टोलीले सहयोग गरेको  हो ।

बुधवार शोभाको घरमै पुगेर स्थानीयको रोहवरमा समाजसेवी जीवन मगराती र गंगाप्रसाद घिमिरको पहलमा जम्मा भएको ९२ हजार रकम हस्तान्तरण भएको थियो ।

लामो समय देखि विरामी भएपनि एक महिना अघि मात्र डाक्टरले मृगौला रोगी घोषणा गरेको थियो । आर्थिक अवस्था नाजुक भएको शोभालाई रकम प्रप्त भएपछि केहि राहत मिलेको परिवारले बताएका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचारका लागि आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले रकम जम्मा गरेर हस्तान्तरण गरिएको अभियन्ता गंगा घिमिरेले जानकारी दिए ।

 

थप