निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पुष्पलालको ४६ औं स्मृति दिवसमा पाँचखालमा अनेरास्ववियुद्वारा निःशुल्क स्वास्थ्य शिविर

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार,     मणिराम दाहाल

काभ्रे /एमाले निकट अनेरास्ववियु काभ्रेले ४६ औ पुस्पलाल स्मृति दिवसको अवसरमा पाँचखाल १२ मा रहेको आजाद माध्यमिक विद्यालयमा निशुल्क बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । अध्यक्ष मिलन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष समिक बडाल प्रमुख अतिथी थिए ।


कार्यक्रममा एमाले नेताहरु काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा, काभ्रे जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उपसचिव सुर्यमाया दनुवार, जिल्ला कमिटी सदस्य दिपेश घिमिरे, पाँचखाल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नम्बर ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठ लगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट पार्टी र विचारलाई पुस्पलालले पु¥याएको योगदानको चर्चा गर्दै समाज निर्माणमा उहाँको भूमिकाका बारेमा चर्चा गरिएको थियो । निशुल्क शिविरमा सहभागिहरुलाई चिकित्सकहरुको आवश्यक परामर्शमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।


शिविरका लागि प्राविधिक सहयोग काठमाडौ मेडिकल कलेजले गरेको थियो । सोहि कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु तथा चिकित्सकहरुले शिविरमा सहभागिहरुलाई सेवा प्रदान गरेका थिए । शिविरमा स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा सम्वन्धी, नाक, कान घाँटी, आँखा र दन्त रोग सम्वन्धी परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ३५१ जनाले स्वास्थ्य जाँच तथा परामर्श लिएका छन् । प्रयोगशाला सेवा २५० जनाले, हाडजोर्नी १७१, सामान्य चिकित्सा ३२०, भिडियो एक्स–रे १९५, इसीजी २०१, स्त्रीरोग १९७, दन्त सम्बन्धी १७०, आँखाको उपचार तथा परामर्श ३०२, नाक कान, घाँटी सम्बन्धी २११,बालरोग ९७ र सामान्य चिकित्सा सम्बन्धी उपचार तथा परामर्श १९ जनाले लिएका थिए ।

स्वास्थ्य शिविरमा काठमाण्डौं मेडिकल कलेजका डाक्टर सहित २९ जनाको टोली खटिएको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिव सन्दिप धिताल र आरती भट्टराई, स्थायी कमिटी सदस्य सुनिता थापा,कमल जैशी, बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी, उपाध्यक्ष युवराज दाहाल, केन्द्रिय लेखा आयोग सदस्य हेमराज हुमागाँई, केन्द्रिय सदस्य सुमन जैरु लगायतको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु काभ्रेले पछिल्लो समय रचनात्मक कार्यलाई जोड दिएको छ । यसअघि पनि रक्तदान, वृक्षारोपण, कविता प्रतियोगिता लगायतका कार्यक्रम गर्दै आइरहेको छ । परिवर्तनको आन्दोलनका अग्रणाी नेता पुष्पलालको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उदेश्य सहित रचनात्मक कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष गौतमले जानकारी दिए । 

थप