बनेपा हेल्थ केयरमा थप विशेषज्ञ सेवा सुचारु - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. भास्कर राज कार्की

  •   २ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । बनेपा नगरपालिका टेलिकम चोकमा रहेको बनेपा हेल्थले आफ्नो सेवा थप गरेको छ।
शुलभ शुल्कमा उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि फागुन १ गते देखि दैनिक रुपमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । 

काठमाडौंको नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा दिदै आउनुभएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.भास्कर राज कार्कीले अव दैनिक रुपमा विहान १० बजे देखि ३ बजे सम्म बनेपा हेल्थ केयरमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने भएको छ । हाड जोर्नीका विभिन्न स्वास्थ्य समस्याहरु जस्तै ढाड, कम्मर, घुंडा दुख्ने, हाड खिइएको, कम्मर गर्धनको नसा च्यापिएको, युरीक एसिड बढेको, हाड भाचिएको, जोर्नी फुस्किएको जस्ता स्वास्थ्य समस्याहरुको जांच तथा उपचार हुनेछ । 

हाल बनेपा हेल्थ केयरमा दैनिक रुपमा वरिष्ठ फिजिसियन काभ्रेका चिरपरिचित डा. रविन्द्र प्रसाद राजभण्डारी, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. चुनुमिला महर्जन, छाला, यौंन तथा सौंन्र्दय विशेषज्ञ डा. रामकला के.सी. मेडिकल अफिसर डा. रिनेस श्रेष्ठ, डा. राजेन्द्र गौंतम, दांत रोग विशेषज्ञ डा. काजल राना फिजियोथेरापिष्ट मनिषा थापा संगै ७ जना चिकित्सक द्धारा दैनिक रुपमा स्वास्थ्य सेवा दिदैं आउनुभएको छ । 

बनेपा हेल्थ केयरले आउने दिनमा आफ्ना सेवाहरु अझ परिस्किृत तथा छिटो छरितो बनाई आम विरामीहरुलाई सहजताका साथ स्वास्थ्य सेवा जस्तो पवित्र कार्य प्रदान गर्दै जाने कुरा संस्थाका अध्यक्ष जितेन्द्र कुमार थापाले बताउनुभयो ।

थप