प्रहरी प्रमुख चक्र राज जोशी मास्क नलगाउनेलाई मास्क वितरण गर्दै

  •   २ वर्ष अघि | १७ माघ २०७८, सोमवार,    

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र बनेपा हेल्थ केयर प्रा.लि.को संयुक्त आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ स्थित चारदोबाटोमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र बनेपा हेल्थ केयर प्रा.लि.का संचालक जीबित थापाको आतिथ्यतामा मास्क बितरण तथा स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । 
 उक्त कार्यक्रममा कोभिड-१९ को नयाँ भेरियन्ट संक्रमण दर पुन: बढ्दै जानु तर जनमानसमा मास्क लगाउने प्रवृत्ति घट्दै जानाले आउँदा दिनहरुमा कोरोना संक्रमण दर तिव्र रुपले वृद्धि हुनसक्ने कुरालाई मध्यनजर गर्दै मास्क बितरण तथा स्वास्थ्य सचेतना कार्यक्रममा त्यस्ता कुरालाई समेत मध्येनजर गर्दै चालक सह चालकहरु र सार्वसाधारणहरुको नि:शुल्क स्वास्थ्य जाँच र मास्क वितरण कार्यक्रममा चालक, सह चालक १६८ जना र सर्वसाधारण १४५ जनाको स्वास्थ्य जाँच गरी ७६० जान व्यक्तिहरुलाई मास्क बितरण गरि कार्यक्रम मार्फत निजहरुलाई लाभान्वित गरिएको थियो ।
 सो कार्यक्रममा यस कार्यालय तथा मातहत प्रहरी कार्यालयका सहायक प्रमुख हरि खतिवडा , प्रहरी  अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, जवानहरु तथा महिला प्रहरी कर्मचारी, बनेपा हेल्थ केयरबाट प्रबन्धक जिवित थापा, को पनि उपस्थिति थियोे ।

थप