इप्रका बनेपा प्रमुख राजन कोइरालाको सक्रियता बढ्यो : माक्स नलगाउनेलाई माक्स वितरण गर्दै 

  •   २ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार,    

काभ्रे । कोरोना भाइरस (ओम्रिकोन भाइरस) को बढ्दो संक्रमणका कारण राजधानी सँग नजिकै रहेको  बनेपामा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै छ।

भाइरसको संक्रमण घटाउन इप्रका बनेपाले माक्स नलगाउनेलाइ सय रुपैयाँ जरिवाना गरि माक्स दिने गरेको र माक्स लगाउनु पर्छ माक्सले संक्रमण हुदैन भन्ने चेतना दिन प्रहरीले माक्स वितरण गरेको प्रमुख राजन कोइरालाले बताउनुभयो ।
हिजो र आज गरेर ४० जना लाई कारबाही गरि जरिवाना असुल गरिएको छ।
हिजो र आज गरेर जम्मा २०० जना जति लाई माक्स वितरण गरि माक्स लगाउन प्रेरित गरेको उहाँले एक्टिभ मिडिया नेपाल डटकम लाई बताउनुभयो ।

समाजमा माक्स लगाउनु पर्छ र माक्सले संक्रमित हुन बाट जोगाउछ भन्ने सन्देश दिन इप्रका बनेपाले यो अभियान थालेको हो।

थप