निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

स्मार्ट हेल्थ नेपालले मकर मेला भरि नि:शुल्क प्राथमिक उपचार र माक्स वितरण गर्ने

  •   ५ वर्ष अघि | १ माघ २०७८, शनिबार,    

काभ्रे । पनौती माघ महिना भरि स्मार्ट हेल्थ नेपालले निः शुल्क प्राथमिक उपचार र माक्स वितरण गर्ने भएको छ।कोरोना भाइरसका कारण सर्वसाधारण को स्वास्थको अवस्थालाई राम्रो बनाउन नि: शुल्क सेवा दिन लागिएको स्मार्ट हेल्थ नेपालका  सञ्चालकले बताउनुभयो ।
यो सेवा एक महिना दिने र समन्वय बनेपा हेल्थ केयर ले गरेको जितेन्द्र थापाले बताउनुभयो ।
पनौती नगरपालिका त्रिविणी घाटमा माघ महिना भरि १२ बर्षमा एक महिना मकर मेला लाग्ने धार्मिक परम्परा छ।
विश्व भर फैलिएको कोभिड अोम्ररीकोन भाइरसका कारण dcmc ले  २५ जना भन्दा धेरै जम्मा भएर स्नान गर्ने नपाउने मापदण्ड तय गरेको छ।
पनौती नगरपालिकाले मापदण्ड लाई ख्याल गरि दुई मिटरको दुरी बनाएर स्नान गर्ने प्रवन्ध मिलाएको छ।
१२ बर्षमा एक महिना लाग्ने मेला भएकाले भक्त जन हरु को बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ।
यो सेवा मा आज मात्र माक्स २१०० पिस ११६ जनाले ब्लड सुगर चेक गर्नु भयो २०७ जनाले ब्लड प्रेसर चेक गर्नु भएको स्मार्ट हेल्थ नेपालकी प्रोजेक्ट म्यानेजर मनिषा श्रेष्ठले बताउनुभयो ।

थप