उद्योग वाणिज्य संघको सहकार्यमा २०० जनाले लगाए भेरोसेल खोप

  •   ३ वर्ष अघि | १५ भदौ २०७८, मङ्लबार,    

काभ्रे । जिल्लामा काभ्रे उद्योग वाणिज्य संघको सहकार्यमा बनेपा नगरपालिकाको सहयोगमा आएको २०० डोज भेरोसेल खोप बाणिज्य संघ संग आवद्ध व्यक्तिहरूले लगाएका छन्।

उद्योग वाणिज्य संघ काभ्रेले दिएको खोपको निरिक्षणमा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको उपस्थिति थियो।
यस अघि पनि विभिन्न कोभिड संग प्रत्यक्ष सरोकार राख्ने  कार्यक्रमहरु गरि व्यवसायीको हितमा कार्य गरिसकेको वाणिज्य का महासचिव रविन्द्र वैदारले बताउनुभयो ।

आज भेरोसेल पहिलो खोपले १८ बर्ष समुहदेखि ५५ बर्ष सम्मका व्यक्तिहरू लाभान्वित भएका छन्। व्यवसायीहरु प्रत्यक्ष व्यक्तिहरू संग नजिक भएर व्यपार व्यवसाय गर्नु पर्न वाध्यताले गर्दा खोप अनिवार्य रहेको र खोप लगाउनको लागि पहल गरेको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पंछसे ले बताउनुभयो ।

उद्योग वाणिज्य संग आवद्ध रहेका २००० भन्दा माथि सदस्य रहेका र पहिलो चरणमा बनेपा नगरपालिकाको सहकार्यमा २७०  जनाले खोप लगाएका थिए।
भने अहिले भेरोसेल खोप २०० जनाले लगाएका छन्।
क्रमश अब तेस्रो  चरणबाट सबैलाई समेट्ने गरि चाडै नै सहकार्य र पहलमा खोप उपलब्ध गराउने उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।

थप