बनेपा हेल्थ केयरको गुणस्तरीय र सहज सेवा जनतालाई राहत- एक्टिभ मिडिया

  •   ३ वर्ष अघि | २६ साउन २०७८, मङ्लबार,    

काभ्रे। जिल्ला बनेपा नगरपालिकामा रहेको बनेपा हेल्थ केयरले आफ्नो सेवा तीन बर्ष पूरा गरि  चार बर्षमा प्रवेश गरेको छ।
 गुणस्तरीय सेवाकै कारण बनेपा हेल्थ केयरले सबैको भावना  जित्न सफल भएको छ । स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्व बहनमा काभ्रेमा उदाहरणीय बन्दै  गएको छ।

समयमै सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवा दिने भएकाले पुर्व देखि पश्चिम सम्मका नागरिक  सेवा लिन बनेपा हेल्थ केयरमा आउने गरेका छन् ।

स्थापना भएको छोटो समयमा नै आम बिरामीहरुको विश्वासिलो स्वास्थ्य संस्थाको पहिचान बनाएको हेल्थ केयरले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । त्यो पनि सामाजिक कार्य गरेर । 

बनेपा– टेलिकमचोक, मयुर हलजाने बाटोमा अबस्थित हेल्थ केयरले सामाजिक उत्तरदायित्व बहनगर्दै कोरोनाका पहिलो लहर देखिनै थुप्रै सार्वजनिक तथा निजी संघ–संस्थाहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सामाग्रीहरु वितरणगर्दै आइरहेको कुरा समेत प्रबन्ध निर्देशक जितेन्द्र थापाले जानकारी दिनुभयो ।
अबका दिनहरुमा हामी कहाँ भएको सेवाहरु अझ धेरै उत्कृष्ट बनाई छिटो छरितो सेवादिने तथा विशेषज्ञ सेवालाई थप गरी दैनिक रुपमा छाला रोग विशेषज्ञ र महिला तथा प्रशुति रोग विशेषज्ञको सेवादिदै जाने कुरा संस्थाका व्यवस्थापक शिव पौंडेलले भन्नुभयो । उहाँले हेल्थ केयरले दिएको सेवाहरुले आमविरामीलाई आफ्नो स्वास्थ्य समस्याहरुलाई समाधानगर्न निकै सजिलो हुने कुरा समेत स्पष्ट पार्नुभयो । आगामी दिनमा सेवा विस्तार गर्ने योजना बनाएको उहाँले भन्नुभयो ।

थप