निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पाँच हस्पिटलका मालिकलाई देउवाले बुझाए स्वास्थ मन्त्री पद ,कतिमा विक्यो मन्त्री पद?

  •   ५ वर्ष अघि | १० साउन २०७८, आइतवार,    

काठमाडौँ – ५ वटा अस्पतालका मालिक उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । शैक्षिक माफियाको ट्याग लागेका श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
नियुक्ती पश्चात आजै उनले पद तथा गोपनियताका सपथ लिइसकेका छन् ।जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको बालाजुको जनमैत्री अस्पताल, बसुन्धारामा रहेको महेन्द्र नारायण निधी अस्पताल, एकान्तकुनामा रहेको हेलोइस अस्पतालका मालिक हुन् श्रेष्ठ । हेलोइस अस्पतालधनी बर्गका लागि खोलिएको अस्पताल हो ।
 उनको नुवाकोटमा एउटा र चितवनको मुग्लीनमा एउटा अस्पताल रहेको छ ।सत्तामा नहुँदा चेन निर्माण गर्न समस्या भएको बताउने उनी आफ्ना अस्पताललाई व्यवस्थीत बनाउनका लागि करोडौँ तिरेर मन्त्री बनेको नेपाली काँग्रेसका एक नेताले बताए । उनले स्थापना गर्न लागेको चेन अस्पतालका भगिनी सम्बन्ध स्थापित भएका अस्पतालहरूको सञ्जाल देशभर विस्तार गर्ने र देशभरी स्वास्थ्यमा हुने खर्च कुम्ल्याउने योजना अनुसार काम गरिरहेको उनको भनाई छ ।

खोलिएका सबै अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गरेर अर्बौ कुम्ल्याउन योजना सहित उनी अहिले ठूलो रकम खर्च गरेरै भएपनि राज्यमन्त्री भएका छन् । उसो त अहिले पनि जनमैत्री फाउण्डेसन अन्तर्गत नर्सिङ कार्यक्रम सञ्चालन छ । यहाँबाट बीएसस्सी मेडिकल ल्याब टेक्नोलोजी, बीएसस्सी फर्मा, बीएसस्सी नर्सिङ लगायतका कोर्स सञ्चालन छन् ।५० करोडमा चेन निर्माण गर्ने योजना बनाएर रकम छुट्याएका उनले आधा रकम नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई बुझाएको नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने ।

 ‘हामी ३० औँ बर्ष राजनीति गरेर खारिकाहरुलाई वास्ता छैन् ।’ उनले भने, ‘पैसा भएपछि पद त केही रहेनछ । इमानदार राजनीति गर्नेको त यो देशमा ठाउँनै छैन् ।’पार्टी संचालन गर्न र आगामी निर्वाचनको खर्च जुटाउन भन्दै सभापतिको सचिवालयले पैसा मागि रहेको उनको भनाई छ । मन्त्री हुने जो कोहिले पनि अहिले पैसा बुझाउनै पर्ने उनको तर्क छ ।-माेटिभेट न्युजबाट

थप