काभ्रेमा भरोसेल खोपको दोस्रो मात्रा आज देखि लगाइदै

  •   ३ वर्ष अघि | २१ असार २०७८, सोमवार,    

काभ्रे। काभ्रेमा भेरोसेल खोपको दोस्रो मात्रा आज ( (मंगलबार) देखि लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले एक सूचना जारी गर्दै भोली २२ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने बताउनुभएको हो।

यसअघि पहिलो खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई दोस्रो डोज खोप लगाउन लागिएको हो । जिल्ला स्तरीय खोप अनुगमन तथा सहयोग समितिको बैठकले यसअघि पहिलो खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका ब्यक्तिलाई दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेले सम्बन्धित नगरपालिका र गाउँपालिकाको खोप केन्द्रमा गएर दोस्रो डोज खोप लिन आग्रह गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहले खोप केन्द्र समेत सार्वजनिक गरिसकेका छन् ।

थप