काभ्रे,जिल्ला बनेपा नगरपालिका नालामा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयाेजना कार्यान्वयन ईकाई धुलिखेलकाे आयाेजनामा स्वास्थ्य चौकी भवन बन्ने भएको छ। उक्त स्वास्थ्य चौकि भवनको शिलान्यास बनेपा नगरपालिकाका मेयर लक्ष्मि नरसिंह वादे श्रेष्ठले गर्नुभएको हो।
भवनकाे शिलान्यास कार्यक्रममा उप प्रमुख रेखा सापकाेटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल,४ नम्बर वडा अध्यक्ष तथा बनेपा नगरपालिका प्रवक्ता श्यामसुन्दर श्रेष्ठ ,१० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ११ नम्बर वडा अध्यक्ष शिव थापा,कार्यपालिका सदस्य प्रमिला पाण्डे,वडा सदस्यहरू, स्थानीय जनसमुदाय लगायत को उपस्थिति मा शिलान्यास भएको हो।
उत्त भवन २ कराेड ४६ लाखमा ८ काेठे २ तलाकाे बन्नेछ । भवन निर्माणकाे जिम्मा प्रतिष्ठा /शिवालय कम्पनीले पाएकाे छ । निर्माण कम्पनीका प्राेपाईटर रबिन्द्र गाैतम ले जिल्लामा ६ वटा स्वास्थ्य चौकि भवन बन्न लागेको पनि बताउनुभयाे ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपाका मेयरले गरे नाला स्वास्थ्य चौकि भवनको शिलान्यास
- ५ वर्ष अघि | २० असार २०७८, आइतवार,