सुनौलो देविटार युवा क्लबले स्वास्थ्य चौकिलाई गर्यो स्वास्थ्य सामाग्री हस्तान्तरण : एक्टिभ मिडिया नेपाल

  •   ३ वर्ष अघि | ६ असार २०७८, आइतवार,    

काभ्रे, जिल्ला धुलिखेल नगरपालिकावडा नं १ मा  सुनौलो देविटार युवा क्लब  युवा समुहले स्वास्थ चौकिलाई विभिन्न स्थानबाट सहयोग प्राप्त  स्वास्थ्य सामाग्री उपलब्ध  गराएको  छ।
कोरोना भाइरस को जोखिम बढेसंगै यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या  बढ्दै जादाँ धुलिखेल  नगरपालिकाले  निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा लगाएपनि कोरोना भाइरस संक्रमण रहिरहेकोले  स्वास्थ सामग्री उपलब्ध गरि वितरण गरिएको सुनौलो देविटार युवा क्लब ले जानकारी दिएको छ।

यस क्लबले माक्स सिनेटाईजर, अक्सिजन सिलिन्डर ,अक्सिजन रेगुलेटर, डिजिटल, अक्सिमिटर,पानी तताउने जार, थर्ममिटर,ह्इल चेयर, र विभिन्न प्रकारको स्वास्थ्य सामाग्री क्लबका अध्यक्ष विजय सिं लामाले  स्वास्थ्य चौकि प्रमुख सुरेस घिसिङ लाई   हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रम मा स्थानीय जनप्रतिनिधि र विभिन्न व्यक्तिहरू को उपस्थिति थियो।

थप