निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

समाजसेवी दुर्गानाथले दिए बनेपा ३ लाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री

  •   ५ वर्ष अघि | १६ जेष्ठ २०७८, आइतवार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिका वडा नं  ३ लाई समाजसेवी दुर्गानाथ दाहालले ५ वटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ।
 ठुलोचौउरमा वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल लाई उक्त स्वास्थ्य सामाग्री  ५ ओटा अक्सिजन सिलिण्डर प्लस अक्सिमिटर, अक्सिजन फ्लोमिटर र थर्मोगन १००० पिस माक्स सेनिटाजर हस्तान्तरण गरिएको हो।

नजिक हस्पिटल नभएको र हस्पिटल जान समय लाग्ने भएकाले  आपत्कालिन सहयोग होस भन्ने हेतुले ,अक्सिजन  नपाएर  मानविय दुर्घटना नहोस भनेर नवजिवनको तर्फबाट यी सामाग्री उपलब्ध गराएका हौ भन्दै दुर्गानाथ दाहालले भन्नुभयो ।

  नवजीवन संस्थाका संस्थापक राधेश्याम खड्का नवजीवनका आ:जिवन सदस्य भोलानाथ दाहाल ,  वडा प्रतिनिधी स्थानिय वासिको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
यस्तो बेलामा यति अक्सिजन सहित स्वास्थ्य सामाग्री दिनुहुने दुर्गानाथ दाहाल र नवजीवन संस्था प्रति वडा अध्यक्ष कृष्णप्रसाद दाहालले विषेश धन्यवाद दिनुभयो ।

थप