काभ्रे, जिल्ला नमोबुद्ध नगरपालिका वडा नं २ का युवा नेता तथा नमोवुद्ध नगरपालिका वडा नं २ का प्रभावशाली वडा अध्यक्ष नेकपा एमालेका युवाहरुको मार्गनिर्देश संजिव ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले जनक मा.वि को आइसोलेसनमै रहेको जनाएका छन् ।
ढकाल नमोबुद्ध नगरपालिकाको युवाहरुका ढुकढुकी पनि हुन । उनले आफ्नो नगर बिकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको युवाहरु बताउछन् ।
नमोबुद्ध नगरपालिका प्रवक्ता एवम् २ नम्बरका वडा अध्यक्ष संजिव ढकाल ले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।