काभ्रे, बनेपा नगरपालिका भरि रहेका स्वास्थ्य चौकीहरुमा बनेपा हेल्थकेयरले पानी शुद्धीकरण गर्नेको लागी डिस्पेन्सर मेशिन प्रदान गरेको छ ।
हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे र उप- प्रमुख रेखा सापकोटा दाहाललाई उक्त डिस्पेन्सर हस्तान्तरण गर्नु भएको हो । हेल्थ केयरका निर्देशक थापाले स्वास्थ्य चौकीमा आएका सेवाग्राहिहरुलाई शुद्ध पानी खुवाउने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको बताउनु भयो ।
नगर प्रमुख बादेले सहयोगी संस्थालाई धन्यबाद दिदै नगरपालिकाले मात्र नभई सम्पूर्ण संघ संस्था, नगरवासीहरु मिली नगरबासीहरुको विकास गर्न सकिने बताउनु भयो । उक्त डिस्पेन्सर वितरण कार्यक्रम मा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती को पनि उपस्थिति थियो।
यस्ता खालका कार्य पहिले नि गर्दै आएको र समाज रुपान्तरण मा सधैं लाग्ने बनेपा हेल्थ केयरका प्रवन्ध निर्देशक जितेन्द्र थापाले बताउनुभयो ।