काभ्रे, देशभर कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । कोरोना विरुद्धको खोपका लागि जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल छनौट भएको छ । जस अन्तरगत काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले आज कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
जिल्लाका फ्रन्टलाइनमा काम गर्ने ३ हजार ५ सय ८१ जनालाई कोरोना भाइरस विरुद्धको खोप बुधबार बाट दिन सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाको अनुसार खोप दिनका लागि जिल्लाको २ अस्पताल तोकिएको छ । ‘धुलिखेल अस्पताल र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट कोरोना विरुद्को खोप दिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, जोखिममा रहेका सामाजिक अभियान्तालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेसँगै काभ्रेमा पनि खोप दिइएको हो ।