काभ्रे, (धुलिखेल)जिल्ला स्वास्थ्य काभ्रेले क्षयरोग बारे पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
जम्मा जिल्ला भर ३९७५१८ जनसंख्या भएको काभ्रेमा
१३ वटै स्थानीय निकायमा क्षयरोग समन्धि रोगी भेटिएको स्वास्थ कार्यलय काभ्रेका स्वास्थ्य प्रमुख डा.नरेन्द्र कुमार झा ले बताउनुभयो। जिल्लामा १०८ जना क्षयरोग का रोगी रहेको र उपचार भईरहेको पनि उहाले जानकारी दिनुभयो।
क्षयरोग को उपचार जिल्ला भर निशुल्क गरिएको र जिल्लामा उपचारमा रहेका ४९ जनाको खकारमा किरा देखिएको र १४ जनाको केस नेगेटिभ आएको र अरुको फोक्सो समन्धि क्षयरोग संक्रमण रहेको बताउनुभयो। यो क्षयरोग उमेर समूह अनुसार फरक हुने।
३२ जना क्षयरोग बिरामि मध्ये २ जनालाई एचआईभी पनि देखिएको बताउनुभयो ।क्षयरोग समन्धि कार्यक्रम प्रभावकारी बनाउन नसकेर या क्षयरोग समन्धि बिरामी सम्पर्कमा नआएर अरु जिल्लाको भन्दा काभ्रेमा कम क्षयरोगका बिरामी भएको जानकारी दिनुभएको छ।क्षयरोग बिरामी उपचार भएर निको भइसकेको पनि ४ जना बिरामि को क्षयरोग बल्जियको छ। डा. नरेन्द्र कुमार झा का अनुसार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य तथ्यांक अधिकृत नभएको र सबै आफैंले डाटा हरु जुटाएको बताउनुभयो ।
कोरोनाका कारण विभिन्न शिर्षक का स्वास्थ समन्धि धेरै जसो बजेट फ्रिज भएको पनि उक्त अन्तक्रिर्या कार्यक्रम मा बताउनुभयो ।
जिल्ला भर ९५६ महिला संयमसेविका हरु रहेको र १०००० पोषाक खर्च र ३००० यातायात खर्च उहाहरुको बैंक खातामा जम्मा गरिसकिएको छ। कोरोना समन्धि गलत समाचार सम्प्रेषण पनि भएको र स्वास्थ्य कार्यलयले आधिकारिक रुपमा प्रमाणित नगरि सुचना नचुहाउन पनि आग्रह गर्नुभयो ।
बिदेश बाट आउनुहुने सम्पूर्णको PCR गरिएको पनि जानकारी दिनुभयो ।स्वास्थ कार्यलय काभ्रेमा क्षयरोग को नमुना संकलन को लागि ८० वटा फ्रिज उपलब्ध भएको छ।अब रोटा भाइरस को पनि खोप धुलिखेल मै लगाउन सकिने र कोरोना जोखिम भत्ता सम्पूर्ण कर्मचारी हरुलाइ प्रदान गरिसकेको पनि उक्त कार्यक्रम मा बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रम मा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना , सहित काभ्रेलि पत्रकार को बाक्लो उपस्थिति थियो।