काभ्रे (बनेपा) – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले कोरोनासँग जुध्न जिल्लाका संचारकर्मीहरुलाई आयुर्वेद औषधि उपलब्ध गराईएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले संचारकर्मीहरुलाई आयुर्वेद सेवाका बारेमा जानकारी गराउँदै आयुर्वेद उपलब्ध गराएको हो । संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आयुुुर्वेद र उपलब्ध गराउँदै क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई योग र आयुर्वेद उपलब्ध गराउने जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख आयुर्वेद चिकित्सक मनोजकुमार चौधरीले बताए । उनले आहार, निद्रा र ब्रहमचर्म शरिरका तीन खम्बा भएकाले यसलाई ध्यान दिन सके शरिर सधै स्वस्थ हुने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो भने आयुर्वेद सँग सम्वन्धित विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा आयुुुुर्वेद चिकित्सक डा. मनोजकुमार चौधरी, रमेश पनेरु र कृष्णप्रसाद पराजुलीले जानकारी गराएका थिए ।