निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरपालिकाले कोरोना भाइरसको इन्फेक्शन रोक्न गर्यो स्प्रे

बनेपा नगरपालिकाले विश्व भर फैलिएको महामारी मध्य नजर गर्दै नगरमा कोरोना भाइरसको इन्फेक्शन रोक्ने किटनाशक स्प्रे आज गर्यो

  •   ७ वर्ष अघि | १७ चैत्र २०७६, सोमवार,    

काभ्रे ,बनेपा नगरपालिकाले कोरोना भाइरसको इन्फेक्शन हुन नदिन नगर क्षेत्रका सबै वडामा मानिस बढी चहलपहल हुने स्थानमा डीसइन्फेक्सन स्प्रे’ शुरु गरेको छ ।

उक्त कार्यक्रम मा बनेपा नगरका मेयर लक्ष्मी नरहसिंह बादे श्रेष्ठ ,उपमेयर रेखा सापकोटा दाहाल, बनेपा नगरका प्रमुख प्रशासकीय अघिकृत आन्नद पोखरेल ,बनेपा ईलाका प्रमुख योगेन्द्र तिमल्सिना विभिन्न सरोकारवाला हरुको उपस्थिति थियो।  

कोरोना भाईरस (COVID-19) को सम्भावित जोखिम न्यूनीकरणको लागि बनेपा नगरपालिकाद्वारा नगर क्षेत्रभित्र डीसइन्फेक्सन छर्किने कार्य प्रारम्भ भएको हो । गरिब र ज्यालादारीमा काम गर्ने परिवारको प्रत्येक वडामा तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने र नगरमा खाद्यान्न अभाव हुन नदिन र कुनै समस्या भएमा फोन गर्न हटलाइनको व्यवस्था गरिएको नगर प्रमुख लक्ष्मी नरहसिह बादे ले बताउनु भयो ।

उक्त कुराहरु नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनु नपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

थप