मसलन्द तथा शैक्षिक सामाग्री व्यवसायी संकटमा :व्यवसाय डुब्ने जोखिम

  •   २ वर्ष अघि | १९ भदौ २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । मसलन्द तथा कागजबाट बन्ने विभिन्न प्रकारका सामाग्री हरुको बजार भाउ बढ्ने भएको छ।

सरकारलाई आयातमा कच्चापदार्थ र तयारी बस्तुमा एउटै भन्सार रेट राखेपछि व्यवसायी मार्कामा परेका छन्। पटकपटक सरकारलाई यस विषयमा  भनेपनि सरकारले नसुनेको व्यवसायीहरू को गुनासो छ।

व्यवसायीको माग तयारी बस्तुमा भन्दा  कच्चापदार्थमा भन्सार रेट कम हुनुपर्ने नेपाल मसलन्द तथा शैशिक सामाग्री उद्योग संघको निर्णय छ।

नत्र बैंकले बढि व्याज लिने दिएको सुविधा कटौती गर्ने ,कारोबारको २०% मात्र लगानी गर्ने भनेपछि व्यवसायी डुब्ने खतरा रहेको पनि बैठकको निष्कर्ष छ।

तयारी शैक्षिक तथा मसलन्दमा मुल्य वृद्धी हुँदा देशभरका ८६ लाख विद्यार्थीहरु प्रभावित बनेका छन् । विद्यार्थीहरुले प्रयोग गर्ने कापी देखि इन्डेक्स फाईल, डायरी लगायतका सामाग्रीहरुमा चर्काे मुल्य बृद्धी भएको छ । ब्यवसायीहरु संकटमा परेर पनि उपभोक्ताहरुलाई चर्काे मुल्य नलिन गरेको प्रयासमा सरकार उदासिन बनेको अध्यक्ष भण्डारीले बताउनु भयो । सरकार आफैले बजेट बक्तब्यमा तयारी सामाग्री र कच्चा पदार्थ आयातमा भन्सार दर फरक हुने घोषणा गरेको भए पनि कार्यान्वयन नगरेको बरिष्ठ उपाध्यक्ष निमनाथ फुँयालले बताउनु भयो ।


उद्योगीहरुले बैकिङ्ग क्षेत्रमा तरलताको अभाव, चर्काे ब्याजदरले बजारमा आर्थिक मन्दीको अवस्था सृजना भएकाले नेपाल राष्ट्र बैकद्वारा जारी चालुपुँजी तथा कर्जा सम्वन्धि निर्देशिकाले ब्यवसायीहरुलाई चिन्तित बनाएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

थप