काभ्रे -धुलिखेल ११ बाट ९ ग्राम ब्राउन सुगरसहित ईलाम रोङ गाउँपालिका वडा नं. ३ का सुमन राई र ईलामकै माई नगरपालिका वडा न.१ का तेज कुमार वराईली पक्राउ परेका छन्। धुलिखेल न.पा.११ बाझोखेत स्थित वि.पी.राजमार्ग सडक खण्डमा विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरु लाई चेकजाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको मे.१ च.३५९७ नम्बरको स्कारपियो गाडीमा शंका लागी रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ईलाम रोङ गा.पा. ३ बस्ने वर्ष ३२ को सुमन राई र सोही गाडीका चालक जिल्ला इलाम माई न.पा.१ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईलीलाई प्रहरीले पक्राउ गरेको हो । उक्त लागुऔषधको जम्मा तौल नेट तौल ९ ग्राम १७० मिलि ग्राम भएको, उक्त ब्राउन सुगर र निजहरु सवार रहेको मे.१ च.३५९७ नं.को स्कार्पीयो गाडी समेत बरामद गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन-५ (पाँच) को म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ प्रतिवादीहरुको विवरण:-
१.जिल्ला ईलाम रोङ गा.पा. वडा नं.३ बस्ने दौलत कुमार राईको छोरा वर्ष ३२ को सुमन राई ।
२.जिल्ला ईलाम माई न.पा.वडा न.१ आँपटारी बस्ने गम्भिर बहादुर वराईलीको छोरा वर्ष २७ को तेज कुमार वराईली ।