निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा वडा नं ५ मा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

  •   ५ वर्ष अघि | २० फाल्गुन २०७८, शुक्रबार,    

काभ्रे । "हामी सबै को चाहना,हिंसामुक्त समाज निर्माण को कामना" भन्ने मुल नारा सहित काभ्रेपलान्चोक जिल्ला 
बनेपा नगरपालिका वडा नं ५ को आयोजना मा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण एवं तालीम सम्पन्न भएको छ।
 विशेष गरि वडा को दलित बस्तीका स्थानीयहरु लाई मध्यनजर राखी उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा  विभिन्न स्रोतव्यक्तिहरुद्वारा घरेलु हिंसा सम्बन्धी ज्ञान दिईएको थियो। १८ गते शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी,कार्यपालिका सदस्य उमा बैध लगाएतको उपस्थिति रहेको थियो।
दलित महिला वडा सदस्य ज्ञानु मिजार को सभापतित्वमा भएको तालिम मा ५० जना को सहभागिता रहेको थियो भने
पहिलो दिन प्रशिक्षक रोशनी उपाध्याय र विजया सुवेदी ले प्रशिक्षण दिनुभएको थियो। 
दोश्रो दिन प्रहरी कार्यालयका प्रतिनिधिले लागू औषध ,कुलत दुर्व्यसन, लैंगिक समानताको बारेमा प्रशिक्षक निर्मला काफ्ले बाट मनोविमर्श सम्बन्धी र प्रशिक्षक राकेश लामिछाने द्वारा पारिवारिक शिक्षा को बारेमा प्रशिक्षण दिनुभएको थियो।
समापन समारोह वनेपा नगरपालिका का नगर प्रमूख लक्ष्मी नरसिंह बादे श्रेष्ठ को प्रमूख आतिथ्यता काभ्रे उद्योग बाणिज्य संघका महासचिव रवीन्द्र बैदार को बिशेष आतिथ्यता तथा दलीत महिला सदस्य ज्ञानु मिजारको सभापतित्वमा सम्पन्न भएको थियो। 
कार्यक्रममा बनेपा नगरपालिका ५ न वडा अध्यक्ष बलराम अधिकारी, कार्यपालिका सदस्य उमा बैध, समाजसेवी जङ्ग बहादुर महत, वासुदेव थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्नुहुँदै नगर प्रमूख लक्ष्मी नरसिंह बादे श्रेष्ठले नगरवासीको सेवामा निरन्तर लागिरहेको, बिकास निर्माणले गति लिएको र सदैब नगरवासीको सेवामा लागिरहने विचार ब्यक्त गर्नुभयो।

थप