काभ्रे । बनेपा नगरपालिका वडा नं ११ मा निर्माण हुन लागिरहेको शान्ति पार्कको शिलान्यास भएको छ।
आज माननिय पुर्व मन्त्री नेकपा एमाले काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले उक्त शान्ति पार्कको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मि नरहसिंह वादे , उपप्रमुख रेखा सापकोटा दाहाल , प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती , वडा अध्यक्ष हरु र विभिन्न व्यक्तिहरूको उपस्थितिमा शिलान्यास भएको हो।
उक्त योजनाको ठेक्का ज्ञानज्योती कौशील बस्नेत जे.भि ले एक करोड पैसठ्ठी लाख सत्र हजार आठ रुपैया मा लिएको छ। उक्त योजना २०७९ जेठ मसान्तसम्म सक्नु पर्ने छ।